काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग क्षेत्रमा प्रवाह गर्ने कर्जा अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब सात अर्ब रुपैयाँभन्दा बढी कर्जा विपन्न वर्गमा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तिय संस्थाहरुले विपन्न वर्गमा कुल तीन खर्ब सात अर्ब ७९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन । जुन कुल कर्जा प्रवाहको ६.२२ प्रतिशत हुन आउछ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले साउन मसान्तसम्म ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन ।
गत आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमध्ये ६.७५ प्रतिशत अर्थात ३ खर्ब ९ अर्ब ५० करोड ८० लाख रुपैयाँ विपन्न वर्गलाई कर्जा प्रवाह गरेका थिए।
वाणिज्य बैंकहरुले २०८१ साउन मसान्तसम्म विपन्न वर्गमा कुल दुई खर्ब ६३ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन कुल कर्जा प्रवाहको ६.०३ प्रतिशत हो। समीक्षा अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब ६५ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ६.४९ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब ४० करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेको थियो ।
विकास बैंकहरुले भने २०८१ साउन मसान्तसम्ममा विपन्न वर्गमा कुल ३७ अर्ब ७० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
जुन कुल प्रवाह भएको कर्जा चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ अर्थात ७.७४ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले चार खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ८.७८ प्रतिशत अर्थात ३९ अर्ब ३१ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले गत २०८१ साउन मसान्तसम्म एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ७.२७ प्रतिशत अर्थात ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल ८.७६ प्रतिशत अर्थात पाँच अब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।