भन्सार राजस्व २ अर्ब ३६ करोड बढी संकलन

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा आयात घट्दा पनि भन्सार विभागले भन्सार महसुल संकलनमा भने केही वृद्धि गरेको छ । चालु वर्षको साउन महिनामा गत वर्ष आर्थिक वर्ष २०८०/०८१ सोही महिनाको तुलनामा राजस्व संकलन वृद्धि गरेको छ।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु वर्षको साउन महिनामा ३४ अर्ब ६९ करोड ७९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

यो गत वर्षको तुलनामा २ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो । गत वर्षको साउन महिनामा ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ मात्र भन्सार महसुल संकलन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु वर्ष आयातको ग्राफभने केही घटेको थियो । गत वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ लाख रुपैयाँ बराबरको आयात हुदाँ चालु वर्षको साउन महिनामा १ खर्ब २८ करोड ३७ लाख रूपैयाँ बराबरकोमात्र आयात भएको छ ।

चालु वर्ष आयात बढ्ने अनुमानका बीच साउज महिनामा पुनस् आयातमा संकुचन आएको छ । वैदेशिक मुद्राको संचिति बढ्दै जादा सरकारले आयात बढाएर राजस्व तथा आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य लिएपनि आयातमा भने सुधार आउन सकेको छैन ।

चालु वर्षको पहिलो साउन महिना सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस रहेको छ । यसैगरी, तयारी मोटरसाइकलको सट्टामा अनएसेम्बल मोटरसाइकल आयात हुन थालेका छन् ।

धेरै आयात हुने १० वस्तुभित्र गाडी, फलाम, सनफ्लावर तेल परेका छन् । पहिलो साउन महिना १२ अर्ब २२ करोडको निर्यात भएको छ ।

गत वर्षको तुलनामा निर्यात ९ प्रतिशतले गिरावट आएको छ । व्यापार घाटा १ खर्ब १६ अर्ब नाघेको छ ।

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत असार ३० गते अर्थ मन्त्रीको जिम्मेवारी सम्हाले पछिको पहिलो साउन महिनामै राजस्व संकलनको दरमा वृद्धि भएको छ ।

तर आयात भने घटेको देखिन्छ। वीरगन्ज भन्सारबाट आयात र भन्सार महसुल पनि घटेको देखिन्छ। यो भन्सार नाका वरपर व्यापक राजस्व छली र चुहावट भएको आशंका छ। त

र भैरहवा, विराटनगर लगायतका भन्सार कार्यालयहरुले भने चोरी पैठारी र तस्करीलाई कडाई गरिरहेका छन् ।