काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आज बोर्ड बैठक बोलाएको छ ।
बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्नेगरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको जनाइएको छ । बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो ।
त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो र जोखिम भार मार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैंकले जनाएको छ ।
बजेट मार्फत् नसमेटिएका कतिपय विषय मौद्रिक नीतिले सम्बोधन हुनेमा आशावादी रहेको निजी क्षेत्रको भनाइ छ । यसअघि गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सारिएको थियो ।































