काठमाडौं । २०७७ साल श्रावण १३ गते विधिवत रुपमा दर्ता भई कानुनी व्यक्तिको रुपमा स्थापित बागमती प्रदेशभित्रका १३ जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई जिल्ला बचत संघ र प्रारम्भिक संस्थाहरु गरी ५४९ भन्दा बढी सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको बागमती प्रोस्कूनले २०८२ श्रावण १३ गते मंगलवार पाँचौ वार्षिकोत्सव एवम् छैठौ स्थापना दिवस अर्पण बैङक्वैट, बानेश्वरको सभाहलमा २ सय भन्दा बढी संदस्यमाँझ सम्पन्न गरेको छ ।
बागमती प्रोस्कूनको अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता रहेको उक्त समारोहमा राष्ट्रिय सहकारी महासंघ लि।का अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यता साथै राष्ट्रिय सहकारी महासंघ लि.का संस्थापक अध्यक्ष, पूर्व मन्त्री दिपकप्रकाश बास्कोटाको विशेष आतिथ्यता रहेको थियो । बागमती प्रोस्कूनका महासचिव गोविन्दप्रसाद काफ्लेले सञ्चालक गर्नुभएको औपचारिक कार्यक्रममा प्रमुख अतिथीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
संघको परिचयसँगै उपस्थित सवैलाई शब्दद्धारा वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । सहकारी अभियान, सरकारी निकायका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकाल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.वी बस्नेत, संचालक परितोष पौडेल, टेकप्रसाद चौलागाई, सुमन नेपाल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य धुर्व आचार्य,प्रदिप पौडेल, प्रदेश सहकारी रजिष्ट्रार, बामगती प्रदेश, नेफ्स्कूनका सञ्चालक खेम प्रसाद सुवेदी, सिता पौडेल, बागमती प्रदेश सहकारी संघका ले सदस्य समिति संयोजक विकल्प पाठक, चन्द्रलाल डंगोल, वरिष्ठ अधिकृत, उद्योग तथा सहकारी महाशाखा,ललितपुर, केशबप्रसाद दंगाल, तेजेन्द्रबहादुर खड्का सल्लाहकार, बागमती प्रोस्कून, पूर्व सल्लाहकार दिपक पनेरु, गोपाल दुलाल, प्रमुख प्रशासकिय अधिकृत,कोञ्जोसोम गा.पा. ललितपुर, काजी श्रेष्ठ, अध्यक्ष, सहकारी पत्रकार समाज मोतिराम तिमल्सिना, पूर्व सभापति, काभ्रे पत्रकार महासंघ, खिलानाथ दाहाल पूर्व अध्यक्ष, सहकारी पत्रकार समाज, यादव हुमागाइ, पूर्व अध्यक्ष, सहकारी पत्रकार समाज, माधव खड्का, कोषाध्यक्ष, सहकारी पत्रकार समाजलगायतको आतिथ्यता रहेको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृतले बागमती प्रोस्कूले हालसम्म गरेको कार्यहरुको विवरण सदस्यमाझ दर्शाउदै संघले पाँच वर्षको दौडमा भोगेको आरोह अवरोह र प्रगति समिक्षा साथै आ।व २०८१/०८२ मा संघले गरेका क्रियाकलाप आर्थिक तथा गैरआर्थिक विवरण र अभियानको तर्फवाट संघ संस्थालाई परेको असजिला विषयमा ध्यानाकर्षत गराउने विषय समेत जोडेर आफ्नो प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।
बागमती प्रोस्कूनले हरेक वर्ष झै यस वर्ष पनि विविध विधामा सदस्य संघ संस्था, व्यक्ति, व्यक्तित्व, अभियान्ता, योगदानकर्तालाई सम्मान पुरस्कार र प्रोत्साहन पुरस्कार दिने कार्यतालिका अनुरुप स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मान उपसमिति सदस्य ठाकुर बास्कोटाले १४ वटा विधामा पुरस्कृत र सम्मानित हुने संघ संस्था व्यक्ति व्यक्तित्वको नाम घोषणा गर्नुभएको थियो ।
संघको तर्फवाट यस वर्ष उत्कृष्ट सहकारी अभियान्ता ओमदेवी मल्ल, राष्ट्रिय सहकारी महासंघ, उत्कृष्ट जिल्ला बचत संघ,काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. काठमाडौं, उत्कृष्ट बचत तथा ऋण सहकारी जनमुखी साकोस, दोलखा, उत्कृष्ट बचत तथा ऋण सहकारी (महिला) लक्ष्मी महिला साकोस, काभ्रे, पूर्व सञ्चालक सम्मान तेजेन्द्रबहादुर खड्का, चितवन, उत्कृष्ट पदाधिकारी एवम् सञ्चालक सम्मान (सदस्य संघसंस्था) कैलाश के।सी , बुडोल साकोस, काभ्रे, प्रदेश उत्कृष्ट व्यवस्थापक (पुरुष) सिताराम सिलवाल, गाम्रीण साकोस, चितवन, प्रदेश उत्कृष्ट व्यवस्थापक (महिला) मेनुका दाहाल, व्यवस्थापक, जागरण साकोस, मकवानपुर, सहकारी सञ्चारकर्मी मोतिराम तिमल्सिना, प्रकाशक मदानी विट, काभ्रे, संघको उत्कृष्ट कर्मचारी रामकृष्ण दुलाल, व्यवसाय सहायक त्यसैगरी प्रोत्साहन पुरस्कार अन्तर्गत उत्कृष्ट सेवा उपयोग सम्मान नेचुरल साकोस, काठमाडौं , उत्कृष्ट लगानीकर्ता सम्मान विन्ध्यवासिनी साकोस, काभ्रे, उत्कृष्ट बचतकर्ता सम्मान दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,एकीकरण गर्ने संस्था बज्रबाराही साकोस, मकवानपुरलाई सम्मानित गरेको छ । घोषण गरिएको पुरस्कार आगामी संघको पाँचौ वार्षिक साधारण सभामा वितरण गरिनेछ ।
कार्यक्रमको अन्तिम सत्रमा प्रमुख अतिथी मल्लले शुभकामना मन्तव्य राख्दै संघको थप प्रगति र सफलताको कामना गर्नुभयो भने कार्यक्रममा उपस्थित रहदा पूर्ण समय दिन सक्ने गरी उपस्थित रहन सवैलाई सुझाव गर्नुभयो । साथै प्रारम्भिक संस्था र संघलाई कानुनत परेका असजिता पक्षहरुमा महासंघ सधै सँगै रहने र समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
उपस्थित अतिथीहरुको शुभकामना मन्तव्य सहित सञ्चालित कार्यक्रममा संघका महिला उपाध्यक्ष कल्पना श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभई उपस्थित सम्पूर्णलाई संघको तर्फवाट आभार व्यक्त गर्नु भयो। संघका अध्यक्षले आफ्नो मन्तव्य सहित उपस्थित सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।