कात्तिक १८ गते परिपक्व हुने नबिल इक्विटी फन्ड खारेजीमा जाँदै, इकाई कारोबार बन्द

काठमाडौं । नबिल इक्विटी फन्ड खारेजीमा जाने भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङकोे व्यवस्थापनमा  सञ्चालित यो म्युचुअल फन्ड शनिबार परिपक्व हुने भएकाले खोरजीमा जान लागेको हो ।

योजनाको अवधि सकिएपछि खारेजीमा जाने भएपछि आज बिहीबार (कात्तिक १६ गते) देखि नेप्सेमा यसको इकाई कारोबार पनि बन्द हुने भएको छ ।

तसर्थ, कात्तिक १५ गतेसम्म कायम रहेका इकाईधनीहरु मात्र योजना खारेजीपछिको रकम फिर्ता भुक्तानी प्राप्त गर्न योग्य हुने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी गराएको छ ।

नबिल इक्विटी फन्ड २०७३ कात्तिक १९ गते इकाई बाँडफाँट गरी सञ्चालनमा आएको थियो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले ७ वर्ष तोकिएको थियो । उक्त अवधि कात्तिक १८ गते सकिन लागेको हो ।