skip this prime bank skip

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गर्यो प्रतिफल

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ ।

गत आर्थिक वर्षका लागि कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको यस फण्डले भदौ १७ गतेदेखि इकाईधनीहरुको हितग्राही खातामा उल्लेख तथा अध्यावधिक भएको बैंक खातामा सो प्रतिफल वितरण गर्न सुरु गरेको जनाएको छ ।

यसका साथै फण्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाईधनीहरुको थप इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड एक खुलामुखी योजना हो। यसको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक एनआईसी एशिया बैंक रहेको छ।