साना किसान विकास लघुवित्त वित्तीय संस्थको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड २०८० आषाढ २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार संचालन भए पश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बबरमहल, काठमाडौंकोे शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी,काठमाडौंलाई नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत  बिजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरियो ।