काठमाडौं । प्रभु क्यापिटल लिमिटेडद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको १ दिने सेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा २०८० असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो ।
चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका साथ ““Doctor’s Meet: Exploring Financial Market” ” नामक उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गर्नु भएको थियो भने उक्त कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो ।
व्यस्त समय तथा शेयर बजार सम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताउनुभएको थियो ।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।






























