काठमाडौं । एनआइसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत काठमाडौंको लाजिम्पाटमा कर्पोरेट कार्यालय रहेको अगम फुड इन्डस्ट्री प्रा.लि.लाई साधारण सेयर जारी गर्न सघाउने भएको छ ।
कम्पनीले संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फन्डको व्यवस्था गरिदिनेसहित पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पुर्याउन सघाउने भएको हो ।
कम्पनीले अगम फुडलाई भविष्यमा सर्वसाधारणमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्नका लागि एनआइसी एसिया क्यापिटल र अगम फुड इन्डस्ट्रीबीच सम्झौता भएको जनाइएको छ ।
अगम फुड इन्डस्ट्री नेपालकोे स्टिम राइस मिल हो । यो उद्योग सन् २००५ मा चितवनमा स्थापना भई आफ्नो उत्पादन देशका विभिन्न भागमा बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।