काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले आज वैशाख १७ गते आइतबारदेखि म्युचुअल फन्ड इकाई बिक्री खुला गरेको छ । आरबीबीले बन्दमुखी योजना ‘आरबीबी म्यचुअल फन्ड–२’ को कुल १२ करोड इकाई निष्कासन गरेको हो ।
यसमध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई खुला गरेको हो ।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।
वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै इकाई बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म इकाई बिक्री खुला रहनेछ ।
‘आरबीबी म्यचुअल फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड योजना हो । हाल ‘आरबीबी म्यचुअल फन्ड–१’ सञ्चालनमा रहेको छ ।