नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ योजनामा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले साउन ३० गतेबाट निष्कासनमा ल्याएको नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआई ३१’ आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ र कोष प्रवर्द्धक नबिल बैंक रहेको यस योजनाको प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १५ करोड रुपियाँ बराबरको १ करोड ५० लाख इकाइ बिक्रीमा ल्याएको छ ।

कुल इकाइको १५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख रुपियाँबराबरको ३७ लाख ५० हजार इकाइ योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सुरक्षित गरी बाँकी रहेको १ करोड १२ लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा २५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन् ।