काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘ग्लोबल आइएमई समुन्न योजना–२’ असार २२ गतेदेखि बिक्रीमा आउने भएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गतको यो योजनाको आकार १ अर्ब २० करोड रूपियाँको छ । जसअनुसार प्रतिइकाइ १० अंकित दरका १२ करोड इकाइ निष्कासन हुनेछ ।
बन्दमुखी यस योजनाको कुल निष्कासनमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई बैंकलाई १८ लाख इकाइ र तथा कोष प्रवद्र्धक ग्लोबल आइएमई क्यापिटललाई १ करोड ६२ लाख इकाइ सुरक्षित गरिनेछ । यसरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ ।