काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता बापतको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
क्यापिटलले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालय मार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई असार मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
हितग्राही खातावालाले वार्षिक १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउनुपर्नेछ ।
साथै, वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो शेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ ।
खातावालाहरूले यही असार मसान्तभित्र सिद्धार्थ क्यापिटल वा सिद्धार्थ बैंकमध्ये आफूलाई पायक पर्नेनजिकको शाखा कार्यालयमा नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ । साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट समेत शुल्क बुझाउन सक्नेछन् ।