काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित २ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा घट्न पुगेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि असोजको तुलनामा घटेको छ ।
जसमा ‘आरबीबी म्युचुअल फन्ड–१’ को कात्तिक मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ३१ पैसाले घटेर ११ रुपैयाँ ३१ पैसा पुगेको छ । असोजमा यसको न्याभ ११ रुपैयाँ ५७ पैसा रहेको थियो ।
कात्तिक महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि घटेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँबाट घटेर १ अर्ब ७ करोड ४० लाख रुपैयाँमा झरेको छ ।
कात्तिक मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा १३ करोड ८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा फन्डले ६३ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ ।
कात्तिक मसान्तसम्ममा यो फन्ड १६ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १९ करोड ७१ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यता, आरबीबी म्युचुअल फन्ड–२’ को पनि कात्तिक महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ३१ पैसाले घटेर ११ रुपैयाँ ७० पैसा पुगेको छ । असोजमा यसको न्याभ १२ रुपैयाँ ०१ पैसा रहेको थियो ।
कात्तिक महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि घटेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७८ करोड ७७ लाख रुपैयाँबाट घटेर ७६ करोड ५५ लाख रुपैयाँ भएको छ ।
कात्तिक मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा ७ करोड ५२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा फन्डले ४४ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ ।
कात्तिक मसान्तसम्ममा यो फन्ड १२ करोड ५१ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १५ करोड १३ लाख रुपैयाँ नाफामा रहेको थियो ।