सिद्धार्थ क्यापिटलको १३ औं वार्षिक साधारणसभा असोज १८ गते 

काठमाडौं ।  सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश कर सहित वितरण प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरिनेछ । साधारणसभाले चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन र सञ्चालकको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।