काठमाडौं । कुमारी इक्विटी र कुमारी धनवृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार भदौ १८ गते अन्तिम दिन हो ।
यी दुई फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ १९ गते बुक क्लोज गर्नेछन् । यसर्थ, आजसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउँनेछन् ।
कुमारी इक्विटी र कुमारी धनवृद्धि दुवै फन्डले आर्थिक वर्ष २०८०/८१ बाट ९.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछन् । यी फन्डको योजना व्यवस्थापकमा कुमारी क्यापिटल रहेको छ ।