काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटै म्युचुअल फन्डको वैशाखमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।
जसमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को (न्याभ) वैशाख मसान्तमा ९ पैसाले घटेर ९ रुपैयाँ ४७ पैसा पुगेको छ । चैत मसान्तसम्म यस फन्डको न्याभ ९ रुपैयाँ ५६ पैसा रहेको थियो ।
यस फन्डले वैशाख मसान्तसम्म ९४ करोड ५१ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । चैतमा यसले ९४ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले चैतसम्म कुल ७३ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यस अवधिसम्म फन्डको बैंक मौज्दात पनि घटेर १० करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।
चैतमा यसको बैंक मौज्दातमा १२ करोड २७ लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा २ करोड ८० लाख रुपैयाँ छ । वैशाख मसान्तसम्म यो फन्ड ६ करोड ८९ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
यता, सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाखमा ८ पैसाले घटेर ९ रुपैयाँ ४३ पैसा पुगेको छ । अघिल्लो महिना यस फन्डको न्याभ ९ रुपैयाँ ५१ पैसा रहेको थियो ।
फन्डले यसअवधिसम्म १ अर्ब १६ करोड ६० लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । चैतमा यसले १ अर्ब १६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
सिद्धार्थ इक्विटी फन्डले वैशाखसम्म कुल ७९ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यस अवधिसम्म फन्डको बैंक मौज्दात पनि घटेर ११ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
चैतमा यसको बैंक मौज्दातमा १३ करोड ७० लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ छ । वैशाख मसान्तसम्म यो फन्ड ९ करोड १२ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
यता, सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ ९८ पैसा कायम रहेको छ । न्याभ चैतको तुलनामा ५ पैसाले थोरै हो ।
चैतमा यस फन्डको न्याभ ९ रुपैयाँ ०३ पैसा थियो । यस फन्डले वैशाख मसान्तसम्म ५४ करोड ५७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । अघिल्लो महिना यसले ५० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
योजनाले वैशाखसम्म कुल ६६ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यस अवधिसम्म फन्डको बैंक मौज्दात घटेर ६ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।
चैतमा बैंक मौज्दातमा ८ करोड ६ हजार रुपैयाँ जम्मा रहेको थियो । यस योजनाको मुद्दति निक्षेपमा ५ करोड रुपैयाँ छ । वैशाख मसान्तसम्म यो फन्ड १ करोड ९७ लाख हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाख मसान्तमा ३ पैसाले घटेर १० रुपैयाँ ३१ पैसा पुगेको छ ।
चैत मसान्तसम्म यस फन्डको न्याभ १० रुपैयाँ ३३ पैसा रहेको थियो । यस फन्डले वैशाख मसान्तसम्म ६१ करोड ५९ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । चैतमा यसले ६० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ ले वैशाखसम्म कुल ५६ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यस अवधिसम्म फन्डको बैंक मौज्दात भने बढेर ९ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । चैतमा यसको बैंक मौज्दातमा ९ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
यस फन्डको मुद्दति निक्षेपमा ८ करोड रुपैयाँ छ । वैशाख मसान्तसम्म यो फन्ड ३ लाख ४४ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।