सिद्धार्थ बैंकले साढे २ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । सिद्धार्थ बैंकले साढे २ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरूको साढे २ लाख कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकका अनुसार संस्थापक शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्र लाल चुकेको ४३ हजार १८६ कित्ता शेयर गरी कुल २ लाख ४० हजार ६२५ कित्ता शेयर बिक्रीमा राखिएको हो । यद्यपि, सो शेयरको मूल्य भने तोकिएको छैन ।

बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सो समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।