काठमाडौं । चालु आर्थिक वर्ष वैदेशिक व्यापारमा गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनासम्ममा वस्तु निर्यात २६.३ प्रतिशत, वस्तु आयात १८.१ प्रतिशत र व्यापार घाटा १७.१ प्रतिशतले घटेको तथ्याङक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको नौ महिनाको मासिक औसत आयात रु १३३ अर्ब ५० करोड रहेको छ । आयात प्रतिबन्ध र प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्ने सम्वन्धी व्यवस्था हटाइएसँगै आयात र व्यापार घाटाको घट्दो क्रम भने कम हुँदै गएको छ । चालु वर्ष वस्तु आयात करीब रु १६५० अर्ब हुने अनुमान गरिएको छ ।