काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले नयाँ बानेश्वरको “दृश्य लाउन्ज”मा छुट पाउने भएका छन् ।
बैंकका अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।