काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले ऋणपत्र विक्रीका लागि निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
बैंकले १ सय रुपैयाँ अंकित दरमा १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४०,४०,००० कित्ता बराबरको रु।४,०४,००,००,००० रकमको ऋणपत्र निष्काशन गर्नेछ ।
उक्त सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्राशिष गौचनले हस्ताक्षर गरे ।