प्राइम  कमर्सियल बैंकको  ३.९० प्रतिशत बढ्यो 

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ५.६२ प्रतिशत घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन मुनाफा समेत ५.४८ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७ करोड ५८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ७.१५ प्रतिशत पुगेको छ ।

बैंकको कर्जा नोक्सानी व्यवस्थाबापतको रकम २८.३० प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ४८ करोड ९ लाख रुपैयाँ रहेको यस्तो रकम चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.२४ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलनमा सामान्य गिरावट आएको छ भने कर्जा लगानी बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ७५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप रहेको छ । यो ०.७५ प्रतिशतको गिरावट हो ।

त्यस्तै, बैंकको कर्जा तथा सापटी ३.९० प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ थियो ।

बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ र सञ्चित मुनाफा ५.६८ प्रतिशतले बढेर २ अर्ब १ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ६.८८ प्रतिशतले बढेर १४ अर्ब ९३ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पूँजी पर्याप्तता अनुपात १२.१७ प्रतिशतबाट बढेर १२.४२ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.०२ रुपैयाँ पैसाबाट घटेर २२.६७ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १७५.८० रुपैयाँ बढेर १८०.९० रुपैयाँ पुगेको छ ।