skip this prime bank skip

एभरेष्ट बैंकको ३२ औँ वार्षिक साधारण सभा आज असोज १४ गते

काठमाडौं । एभरेष्ट बैंकको आज असोज १४ गते ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोकिने प्रस्ताव पारित गरिदैछ ।

साधारण सभाआज असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी,काठमाडौंमा बिहान १० बजे बाट शुरु हुने बैंकले जनाएको छ ।
क बर्गका बैंकहरूमध्ये पहिलो साधारण सभा गरेर सेयर धनीलाई बढी लाभांश दिने एभरेष्ट बैंक बनेको छ। भारतको साझेदारीमा स्थापना भएको एभरेष्ट बैंक राम्रो सुशासन र मुनाफा कमाउने बैंक मानिन्छ।