skip this prime bank skip

सानिमा बैंकको असोज १२ गते २२औं वार्षिक साधारणसभा

काठमाडौं । सानिमा बैंक लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार २२औं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट साधारण शेयर पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।

त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर पूँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) शेयर बाँडफाँड भएको मितिदेखि गत असार मसान्तसम्मको लागि समानुपातिक रूपमा वितरण गर्न स्वीकृतिका लागि पेश गरिने भएको छ।

यता सर्वसाधारण (समूह ख) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १ गते एक दिनका लागि बूक क्लोज गर्ने जानकारी दिएको छ।

तसर्थ बूक क्लोजका आधारमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी उक्त साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साधारण सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी,काठमाडौंमा बिहान १० बजे बाट शुरु हुने बैंकले जनाएको छ ।