हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति बैठकले पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बैंकको नयाँ अध्यक्षमा नियुक्त गरेको छ।

अर्थशास्त्र, सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव संगालेका डा. अर्यालले यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन्।

तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएपछि बैंकमा अध्यक्षको पद रिक्त रहँदै आएको थियो। उक्त रिक्त पदमा सञ्चालक समितिले अर्याललाई नियुक्त गरेको हो।