काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले आज एक सूचना जारी गर्दै भदौका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ।
हालसम्म प्राप्त १७ वटा वाणिज्य बैंकमध्ये ५ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटेका छन् भने १२ वटाले स्थिर राखेका छन्। ब्याजदर घटाउनेमा सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र नेपाल बैंक छन्।
व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर सिटिजन्स बैंकले घटाएर ३.८५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, एसबीआई बैंकले ४ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत कायम गरेका छन्।
यसअघि साउनमा सिटिजन्स बैंकले ३.९५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८५ प्रतिशत, सिद्धार्थ बैंकले ४.०५ प्रतिशत, एसबीआईले ४.१० प्रतिशत र नेपाल बैंकले ४.२५ प्रतिशत दिएका थिए।
यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा कृषि विकास बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्। यी बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्।
साउनमा कृषि विकास बैंकले ४.१५ प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत दिएका थिए।































