एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकले यो अस्पतालमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

ग्राहकहरूले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

त्यसैगरी, प्लाष्टिक सर्जरी अन्तर्गतका सेवाहरुमा ५ हजारदेखि १० हजारसम्मको छुट सुविधा उपलब्ध रहेको छ भने औषधि, युएसजी, टीएमटी, ईसीजी जस्ता सेवाहरुमा १० प्रतिशतको सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

छुट सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ ।