कामना सेवा विकास बैंकको नाफा बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो । त्यसबेला बैकले ६६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी २२.७५ रुपैयाँ पुगेको छ ।

४ अर्ब २१ करोड चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड सञ्चित छ । बैंकको निष्क्रिय कर्जा भने ३.७७ प्रतिशत पुगेको छ ।