लक्ष्मी सनराइज बैंकको नाफा २३ प्रतिशतले बढेर २ अर्ब नाघ्यो

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा २३.३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनामा ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा सामान्य घटेर ७ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ९५ करोड ९ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नफा २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २४ अर्ब ३४ करोड रुपैयाँबाट बढेर २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष सञ्चिति १८ अर्ब ७ करोड रुपैयाँबाट बढेर १९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँबाट घटेर ५१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । खराब कर्जाको आकार समेत ५.८६ प्रतिशतबाछ घटेर ५.२९ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.०५ रुपैयाँबाट बढेर १०.१५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५.०८ प्रतिशत रहेको छ ।