नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०% ले घट्यो

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा सहित अधिकांश सूचक घटेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ। बैंकको खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब १० करोड ३० लाख पुगेको छ ।

बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३३ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३७अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।

बैंकको खराब कर्जाको आकार समेत बढेको छ । खराब कर्जा ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेको छ ।यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी समेत १७.७४ रुपैयाँबाट घटेर १२.२९रुपैयाँ पुगेको छ ।