एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव समालेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदको रुपमा शपथ दिएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्ष  अग्रवालले  आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।

उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुराएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्दै उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको छ ।