कुमारी बैंककाे ५२ शाखा दशैंमा पनि खुल्ने

 काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैंकाे फुलपाती, महाअष्टमी, महानवमी र एकादशीकाे दिन ५२ शाखा खाेल्ने जनाएकाे छ।
काेशी प्रदेशकाे बरगाछी,इटहरी,उर्लाबारी,विराटनगर शाखा खुला हुनेछ। यस्तै मधेस प्रदेशका प्रतिमाचाेक बर्दिवास,वीरगन्ज,मिर्चैया,सिमरा,लहान,निजगढ,जनकपुर शाखा सञ्चालनमा आउनेछ।बागमती प्रदेशकाे काठमाडौं उपत्यकामा बनेपा, पुतलीसडक, कुमारीपाटी, न्युराेड, सुर्यविनायक, नयाँबानेश्वर सिफल र व्यासी गरि ८ वटा शाखा खुला रहनेछ।
यसैगरि काठमाडौं उपत्यका बाहिर बागमती प्रदेशका नारायणगढ, धार्के, सहिदचाेक, भरतपुर, मलेखु, हाकिमचाेक र बट्टार शाखा पनि खुला रहने छ।
यसैगरि गण्डकी प्रदेशकाे लेकसाइड,बिराैटा पाेखरा,बागलुङ,काहुँखाेला,पाेखरा न्युराेड गरि ६ वटा शाखा खुला रहने उक्त बैंकले जनाएकाे छ।
यस्तै लुम्बिनी प्रदेशमा ड्राइभर टाेल तुलसीपुर,सिद्वार्थनगर,घाेराही,नेपालगन्ज,ट्राफिक चाेक बुटवल,ताराताल शुक्रपथ र लमही शाखा खुल्नेछ।
यता कर्णाली प्रदेशमा सुर्खेत विरेन्द्रनगर,सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशमा अत्तरिया, क्याम्पसचाेक, पहलमानपुर कञ्चनपुर र धनगढी शाखा पनि खुला रहने कुमारी बैंकले जनाएकाे छ।
फुलपातीका दिन १३ वटा शाखा,महाअष्टमीकाे दिन १५ शाखा,महानवमीकाे दिन ११ शाखा र एकादशीकाे दिन १२ वटा शाखा खुल्ने कुमारी बैंकले जानकारी दिएकाे छ।