एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा ५ हजार छुट पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।

बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गर्दै ग्राहकलाई स्कुटर खरिदमा विशेष सुविधा उपलब्ध गराउने भएको हो।

यस अन्तर्गत, एनएमबि बैंकका ग्राहकले बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्यूआर मार्फत भुक्तानी गर्दा रु ५,००० छुट प्राप्त गर्नेछन्।

यो छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो(रुमहरूमा मात्र लागू हुने र चाडपर्व अवधिमा मात्र उपलब्ध हुने बैंकले जनाएको छ। छुट पाउनका लागि ग्राहकले भुक्तानी गर्नु अघि शोरुमलाई जानकारी गराउनु पर्नेछ।

एनएमबि बैंकले यस सहकार्यले वातावरणमैत्री सवारीसाधनप्रति ग्राहकको आकर्षण बढाउने र देशमा हरित ऊर्जा तथा दिगो सवारी प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ।

साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस किसिमका योजनाहरू निरन्तर ल्याउँदै आएको बैंकले जनाएको छ। बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।