काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टस्मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्ट र बैंकबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकहरूले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।































