गत आर्थिक वर्षमा आर्थिक वृद्विदर ४.६१ प्रतिशत अर्थतन्त्रको वर्तमान अवस्था यस्तो छ:

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को देशको आर्थिक अवस्थाका प्रमुख झलकहरू सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४।६१ प्रतिशत रहेको अनुमान छ ।

अघिल्लो वर्ष आर्थिक वृद्धिदर २.६७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षमा ०.०६ प्रतिशतले आर्थिक वृद्विदर घटेको पाइएको छ। गत आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्व ४९ करोडले बचतमा रहेको थियो । गत आर्थिक वर्षमा आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको थियो ।

यसैगरि विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १९।२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको पाइएको छ । २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु १८९ अर्ब ११ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ । उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

विस्तृत मुद्राप्रदाय १२.५ १२.९ प्रतिशतले बढेको थियो । प्रतिशतले बढेको छ, अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय१२.९ प्रतिशतले बढेको थियो।

यसैगरि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले वृद्धि भई रु। ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८।४ प्रतिशतले वृद्धि भई रु ५४ खर्ब ९८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।