काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुल ६९ हजार २१३ कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । प्रतिकित्ता न्यूनतम मूल्य ११६ रुपियाँ तोकिएको छ ।
यो शेयर खरिद गर्न चाहने बैंकका हाल कायम संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथ, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।































