महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाइएको छैन । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । मूल्य, संख्यालगायतको जानकारी लिन केन्द्रीय कार्यालयमै सम्पर्क गर्न भनिएको छ ।