काठमाडौं । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” स्लोगन रहेको यस बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, नियामक निकाय, सेयरधनीहरू, कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको छ ।
बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गरेको छ ।
एनआईसी एशियाका हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा छन्।






























