काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी म्याक्स भिजन लिमिटेडको नाममा रहेको ३ हजार २७९ कित्ता र अमृता सरावगीको नाममा रहेको १ लाख १ हजार ५३६ कित्ता गरी कुल १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर जोकोही सर्वसाधारणले किन्न पाउने छन् ।इच्छुक खरिदकर्ताले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।































