काठमाडौँ । नेपाल बैंक लिमिटेड र स्लाभिका आई.भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँ सिनामंगलमा अवस्थित स्लाभिका आई.भि.एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएका हुन् ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले अस्पतालको विविध उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउने छ । साथै गाइनालोजी कन्सल्टेन्स र कन्सल्टेसन अप आईभीएस स्पेसिलिष्ट सेवामा १०० प्रतिशत सम्म छुट पाउनेछन्।
हालै सम्पन्न सम्झौतामा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रा.लि.को तर्फबाट अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका छन् ।