नेपाल इन्भेष्टमेण्ट बैंकमा इन्जिनियर्स एसोसिएसनका सदस्यहरुलाई बिशेष छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) बीच व्यावसायिक साझेदारीको सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंक र एसोसिएसन बीच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष ई।सुभाष चन्द्र बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापछि एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था प्रदान गरिने कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका (एनईए) सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने पनि बैंकले जनाएको छ ।