काठमाडौं । कुमारी बैंक लिमिटेडले कुल ३१ हजार ९२८ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । हाल बैंककै विद्यमान शेयरधनीले मात्रै यो शेयर किन्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बताइएको छ ।