राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित बैंकको प्रवक्ता तोकिएका छन् । पण्डितलाई २०८२ जेठ २१ गतदेखि लागू हुने गरी प्रवक्ता तोकिएको राष्ट्र बैंकले जानकारी गराएको छ ।

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको केन्द्रीय बैंकले जानकारी गराएको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत रहेका छन् ।