सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले प्रमेशराज कायस्थलाई  मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

करिव १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् ।

वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि हुन् ।