सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित होटल ली हिमालयबीच  सिटिजन्स बैंकका  ग्राहकहरुलाई  विशेष  छुट  दिने  समझदारीपत्रमा  हस्ताक्षर भएको छ ।

सो सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।