सानिमा बैंकको मंसिर ४ गते वार्षिक साधारण सभा

काठमाडौं । सानिमा बैंक लिमिटेडको भोलि मंगलबार मंसिर ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, बुक क्लोजभन्दा अघिसम्म नियम अनसार कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

साधारण सभा,आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।