ज्योति विकास बैंकका ग्राहकलाई ‘जङगल भिला रिर्सट’ मा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकहरूलाई कसरा, चितवनस्थित जंगल भिल्ला रिसोर्टले छुट प्रदान गर्ने भएको छ ।

रिसोर्टले प्रदान गर्दै आएको सेवा तथा सुविधामा बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।

यस सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैकंले जनाएको छ ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।