ग्लोबल आइएमई बैंकले बचत खाताको ब्याजदर घटायो

काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो ।

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ ।

बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि साउनमा पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो ।

साथै बैंकले साधारण बचततर्फ भने ब्याजदर सामान्य घटाएको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।