सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं । सानिमा बैंक र ललितपुरको पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा। रवि शाक्य र कम्पनीका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत आगामी एक वर्षका लागि कम्पनीले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

कम्पनीले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पतालमार्फत् आर्थिक सहयोग गर्दै आइरहेको छ ।

कम्पनीले प्रत्येक “नारी बचत खाता” खोले बापत मासिक एक रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ ।

सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरुको उपचारमा सहयोग हुँदै आएको छ ।