लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले तीनजना संस्थापक  शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।

शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादसम्म शेयरधनीहरूबाट खरीद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।